• R.C Complex, Lamachaur,
    Pokhara-19, Kaski

  • 061-441900
    jayasahakari@gmail.com

  • Sun - Fri 10.00 A.M - 5.00 P.M
    Saturday Closed

जयमनकामना सहकारीको २०औं वार्षिकोत्सव

जयमनकामना सहकारीको २०औं वार्षिकोत्सव

पोखरा, १७ जेठ । जयमनकामना बचत तथा ऋण सहकारी संस्था लामाचौर पोखराको २०औं वार्षिकोत्सव कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सहकारी निकै संघर्ष गरेर अहिलेको अवस्थामा आएको अध्यक्ष पौडेलले बताए । कार्यक्रममा संस्थाका सल्लाहकार पुष्पेन्द्र पाण्डे, सुरेन्द्रमान सिंह भण्डारी लगायतले बोलेका थिए ।
लामाचौरमा मुख्य कार्यालय रहेको सहकारीको चिप्लेढुङ्गामा सेवाकेन्द्र छ । थप ४ सेवाकेन्द्र संचालन तयारी भइरहेको छ । करिब ५५ करोड कारोबार रहेको सहकारीमा शेयर पुँजी करिब १२ करोड ४३ लाख रुपैयाँ रहेको सहकारीका म्यानेजर टंकप्रसाद अधिकारीले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष संजयकुमार अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव नविन भण्डारीले गरेका थिए

जयमनकामना सहकारीको २०औं वार्षिकोत्सव