संस्थाले प्रदान गर्ने बचत योजनाहरुः
रेमिटन्स बचत खाता
- विशेषताः यो खाता न्युनतम रु १०००/- बाट सुरु गर्न सकिनेछ । यस साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक १०.० प्रतिशत व्याज पाइने छ ।
- न्यूनतम मौज्दातःरु. १०००।–
- ब्याजदरः१० %
मुद्दती बचत खाता
- विशेषताः सदस्य महानुभावहरुको हितलाइ ध्यानमा राखी यस सहकारी संस्थाले विभिन्न व्याजदर सहित यो खाता संचालनमा ल्याएको छ । यो खाता संचालनका लागि न्युनतम रु. ५०००।- लाग्नेछ
- न्यूनतम मौज्दातःरु. ५०००।–
- ब्याजदरः१०-१२%
महिला लघुबित्त बचत खाता
- विशेषताः यो खाता न्युनतम रु १०० ( बाट सुरु गर्न सकिनेछ । यस बचत खातामा संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अन्र्तरगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक ८ प्रतिशत व्याज पाइने छ ।तर यस खातामा सहभागी हुन महिला लघुबित्त कार्यक्रममा सहभागी भएको हुनुपर्दछ ।
- न्यूनतम मौज्दातःरु. १००।–
- ब्याजदरः८.००%
सञ्चयकोष बचत खाता
- विशेषताः कर्मचारीहरुको सञ्चयकोष कट्टी रकम जम्मा गर्ने उद्धेश्यले यो बचत खाता सञ्चालनमा ल्याइएको हो । मासिक रुपमा चाहेजती रकम जम्मा गर्न सकिने यस बचत खातामा १० प्रतिशत व्याजदर प्रदान गरीनेछ । यस बचत खातामा रकम जम्मा गरी भविश्य सुरक्षीत गर्न चाहने सदस्य महानुभावहरुलाइ कर्जा आवश्यक परेमा जम्मा भएको रकमा थप ० (शुन्य प्रतिसत) व्याजमा कर्जा लगानी गरिनेछ । यो बचत खाता अवकास जीवनलाइ लक्षित गरी सञ्चालनमा ल्याइएको र प्रत्येक ५/५ बर्षा पुर्नविचार गर्न सकिने व्यवस्था गरीएको छ ।
- न्यूनतम मौज्दातःरु. १००।–
- ब्याजदरः१० %
जेष्ठ नागारिक बचत खाता
- विशेषताः यो खाता न्युनतम रु १००/- बाट सुरु गर्न सकिनेछ । यस बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक ८.७५ प्रतिशत व्याज पाइने छ ।तर यस खातामा सहमागी हुन कम्तिमा ५० बर्ष पुरा भएको हुनुपर्दछ
- न्यूनतम मौज्दातःरु. १००।–
- ब्याजदरः८.७५%
साधारण बचत खाता
- विशेषताः यो खाता न्युनतम रु १०००/- बाट सुरु गर्न सकिनेछ । यस साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक ८ प्रतिशत व्याज पाइने छ ।
- न्यूनतम मौज्दातःरु. १०००।–
- ब्याजदरः८.००%
बाल बचत खाता
- विशेषताः यो खाता न्युनतम रु १०० ( बाट सुरु गर्न सकिनेछ । यस बचत खातामा संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खातामा रु १५००० पुगे पश्चात हरेक बर्ष जन्मदिनमा केक उपहार पठाइने छ । तर यस खातामा सहमागी हुन १५ बर्ष भन्दन माथि हुनुहुदैन
- न्यूनतम मौज्दातःरु. १००।–
- ब्याजदरः१० %
नारी बचत खाता
- विशेषताः यो खाता न्युनतम रु १००/- बाट सुरु गर्न सकिनेछ । यस बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ । यो बचत खाता अर्न्तगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक ८.७५ प्रतिशत व्याज पाइने छ ।
- न्यूनतम मौज्दातःरु. १००।–
- ब्याजदरः८.७५%
मासिक बचत खाता
- विशेषताः यो खाता संस्थाका शेयर सदस्यहरुलाई लक्षित गरी ल्याइएको खाता हो । प्रत्येक सदस्यको एउटा खाता होस भनेर यो योजना ल्याइएको छ । यस बचत खातामा मासिक रुपमा अनिवार्य रु १०,००।- जम्मा गर्नु पर्नेछ । यस बचत खातामा १०.०० प्रतिशत ब्याजदर प्रदान गरिएको छ
- न्यूनतम मौज्दातःरु. १०,००।–
- ब्याजदरः१० %